'नैतिक शिक्षाको अभावमा कमजोर हुँदैछ सामाजिक आचरण'
सुदर्शन भट्टः नैतिक शिक्षा ब्यक्तिलाई ज्ञान,सीप,असल,आचरण व्यवहार, आदर, इमान्दार, सक्षम, कर्तव्यबोध, जिम्मेवारी, सदाचार आदि जस्ता कुराहरु व्यक्तिलाई सिकाएर उसलाई के गलत र सहि हो भनि प्रष्ट रुपमा छुट्याएर सकारात्मक बाटोतर्फ लैजान प्रेरित गर्ने शिक्षा हो।
नैतिक शिक्षाको उद्देश्य व्यक्तिलाई सहि बाटोतर्फ लैजानु र समाजमा शान्ति स्थापना कायम गराउनु, समानतामा आधारित व्यवहार गर्नु, असल सामाजिक ब्यवहार सम्बन्ध स्थापना गर्नु ,ब्यक्तिको आचरण ,बुद्धिमता, इमान्दारिता ,कर्तव्यनिष्ठ जस्ता कुरामा सकारात्मक परिवर्तन ल्याउनु हो ।
व्यक्ति, परिवार, समुदाय, समाज र राष्ट्र निर्माणमा असल योगदान पुर्याउनु र सबैलाई समानतामा आधारित व्यवहार गरेर सबैको कल्याण हुने जस्ता कार्य गर्नु नैतिक शिक्षाको उद्देश्य हो।
समाजमा के कुरा सहि हो के कुरा गलत हो भन्ने कुरा छुट्ट्याउन सिकाउने कार्य नैतिक शिक्षाको हो । व्यक्तिको समग्र व्यवहार सकारात्मक छ उस्ले अरुप्रती देखाउने आदर भाव राम्रो छ भने यो व्यक्ति नैतिक रुपमा ठिक छ भनेर ठम्याउन सकिन्छ। व्यक्तिको असल व्यवहारका कारण यो व्यक्ति नैतिक छ भनेर हामी सहजै प्रष्ट पार्न सक्छौँ ।
यी कुरा व्यक्तिले औपचारिक रुपमा विद्यालय क्षेत्रबाट पठनपाठन गरेर ग्रहण गरेसङ्गै व्यवहारमा लागू गर्दछ्न भने कतिपय कुराहरु घरपरिवार बाट असल अभिभावकले सिकाएका असल अभ्यासका आधारमा पनि सिक्छ्न् । भनिन्छ नि, बालबालिका काचो माटो जस्तै हुन हामीले जस्तो आकार दियौँ उनीहरु त्यस्तै बन्दछ्न् ।
त्यसकारण हामीले आफ्ना नानीबाबुलाई सानै उमेरदेखि यस्ता खालका कुराहरु सिकायौँ भने भोलिका दिनमा उनीहरुले ती कुराहरु अबलम्बन गरेर सहि मार्गमा पुग्दछ्न् र अरुलाई पनि प्रेरित गर्दछ्न् । उनिहरुलाई आदर गर्ने, सम्मान गर्ने,असल संस्कार सिकाउने,सहि गलत छुट्याउन सिकाउने,उनीहरुका हाउभाउ उठबस गर्ने तरिका लवाइखाई,असल साथीको संगत गर्ने सबै कुरामा सचेत गराउने गराउनु पर्दछ ।
त्यसका लागि हामीले व्यक्तिगत रूपमा सचेत र सतर्क हुन आवश्यक छ ।
यस्ता कुरामा विचार नगर्दा भोलिका दिनमा समाज उन्नति प्रगती सकारात्मक बाटोतर्फ जानुको सट्टामा अराजक खालका गतिबिधी मात्रै भित्रिन्छ्न्र। समाजमा मारकाट, हत्या , हिंसा, लुटपाट, अपहरण, बालात्कार जस्ता कुकृति र दुष्कर्महरु उत्पन्न हुन्छ्न् । समाजमा अशान्ति फैलिन्छ। मानवता हराउँदै जान्छ। समाजमा बिवाद र द्वन्द्व उत्पन्न हुन्छ ।
दैनिक लुटपाट र चोरिका घटनाहरु सुनिन्छ्न। जताततै बलात्कार, हत्या, हिंसा जस्ता अपराध बढ्दै जान्छ्न र समाजमा डर, त्रास, भय, आतंकको अवस्था पैदा हुन्छ। मान्छे कुलतमा फस्ने लागू औषध सेवन तथा ओसारपसारमा सङ्लग्न हुन्छ्न्। मान्छेलाई आवश्यक पर्दा मान्छेले साथ सहयोग गर्न छोड्दछन । मान्छे झूटबोल्न थाल्दछ । समाजमा होहल्ला गर्ने, अराजक गतिबिधिमा सङ्लग्न हुन थाल्दछ। अरुको लहलैमा उक्साहट मा लागेर जस्तो सुकै गलत कार्य गर्न पनि पछि हट्दैनन् ।
तसर्थ यस सवालमा हामी समयमै सचेत र सतर्क हुन अति आवस्यक छ भोलिका हुन सक्ने सम्भाबित घटनाक्रम रोक्न र व्यक्ति अनि समाजलाई एउटा सहि दिशामा डोर्याउन असल शासन व्यवस्था र प्रभावकारी नीति व्यवस्था अवलम्बन र कार्यान्वयनका लागि र खतरापूर्ण अवस्थाबाट मुक्त रहन , डर ,भय, त्रासरहित समाज निर्माणसङ्गै असल मानवीय कार्यका लागि नैतिक शिक्षा अपरिहार्य छ । साथै यसका लागि विद्यालयको पाठ्यक्रममा र घरायसी व्यवहारमा जोड दिनु आजको आवश्यकता हो ।