सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोहनापुल अत्तरिया छ लेन सडक : म्याद थप्नुपर्ने कारण मागियो

२०७६ साउन १३, १२:५३ खबर संवाददाता

निर्माणाधिन मोहनापुल अत्तरिया छ लेन सडक योजनामा निर्माण अवधी थपका लागि पठाईएको फाईल फिर्ता आएको छ। निर्माण व्यवसायीले डेढ वर्ष म्याद थप गरिपाउँ भन्दै पेश गरेको निवेदनका आधारमा सडक योजना कार्यालयले गरेको सिफारिस सहितको फाईल फिर्ता आएको हो।

मोहनापुल अत्तरिया छ लेन सडक योजना कार्यालय धनगढीले म्याद थप गर्नुपर्ने कारण माग गर्दै संघिय सडक सुपरिवेक्षक तथा अनुगमन कार्यालय सुर्खेतले यसअघि पठाएको फाईल फिर्ता गरेको जनाएको छ। सडक योजना कार्यालयका इन्जिनीयर खगेन्द्र बहादुर शाहीले निर्माण व्यवसायीले पेश गरेको निवेदनका आधारमा म्याद थपका लागि पठाएको फाईल फिर्ता आएको जानकारी दिए।

शाहीले म्याद थपका लागि गत असार १६ मा संघिय सडक सुपरिवेक्षक तथा अनुगमन कार्यालयलाई लेखि पठाएकोमा म्याद थप गर्नुपर्ने आधार प्रष्ट गर्न भन्दै फाईल फिर्ता आएको बताए। सोही अनुसार सडक योजना कार्यालयले पनि निर्माण व्यवसायीलाई पत्राचार गरिएको जनाएको छ तर उनीहरुले कारण खुलाई निवेदन पेश भने नगरेको बताईएको छ।

दुई वर्षको निर्माण अवधी तोकेर काम थालिएको मोहनापुल अत्तरिया छ लेन सडक योजनाको सम्झौता अवधी गत जेठमै सकिएको थियो।  तर सार्वजनिक खरिद ऐनमा गरिएको संशोधनका कारण छ लेन योजनामा डेढ वर्ष म्याद थप नहुने पनि बताईदै आएको छ।

इन्जिनीयर शाहीले जनाए। उनले संशोधित ऐनमा पूर्वाधार तर्फका पूराना योजनाको हकमा सुरुको अवधीको ५० प्रतिशत बढि म्याद थप गर्न नपाउने व्यवस्था गरिएकाले छ लेन सडकमा पनि बढिमा एक वर्ष मात्र म्याद थप हुने बताए।  निर्माण व्यवसायीले सडकको क्षेत्राधिकार खाली नहुनु, विद्युतका पोल सार्न ठेक्का प्रक्रियामा ढिलाइ हुनु, खानेपानीको पाइप लाइन नसारिनु र सडकमा परेका रुख कटानीमा भएको ढिलाइले सोचे अनुसारको काम गर्न नसकिएको बताउँदै आएका छन्।

तीनवटा प्याकेजमा ठेक्का लगाईएकोमा दुई वर्षमा पहिलो प्याकेजमा ६० प्रतिशत भौतिक प्रगती भएको दावी गरिदै आएको छ भने दोस्रो र तेस्रो प्याकेजमा ५५ प्रतिशत मात्र प्रगती भएको योजना कार्यालयले जनाएको छ। पहिलो प्याकेजमा निर्माणको जिम्मा शर्मा–अमर–नागार्जुन जेभीले पाएको छ भने दोस्रो र तेस्रो प्याकेजमा राजेन्द्र निर्माण सेवाले काम गर्दै आएको छ। मोहनादेखि अत्तरिया सम्मको १४ दशमलव दुई किलोमिटर लम्बाई रहेको ६ लेन सडक निर्माणमा हुँदै आएको ढिलाईले स्थानीयले भने सास्ती खेप्दै आएका छन्। 

 

कमेन्ट लोड गर्नुस