सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा चिर्पटले हानेर छोराद्धारा बुवाको हत्या

२०७६ साउन १३, ०९:५५ खबर संवाददाता

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ मा चिर्पटले हानेर छोराले बुवाको हत्या गरेका छन्। नगरपालिकाका र्बबाटाका ३० वर्षीय राम सिँह कुमालले ६० वर्षीय बुवा अम्बरलाई चिर्पटले हानेर हत्या गरेका हुन्। गयराति घरायसी विवादका क्रममा छोरोले चिर्पट प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

छोराको चिर्पट प्रहारवाट गम्भीर घाईते भएका अम्मरलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याइएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीको टोेलीले हत्या गरी फरार रहेका कुमाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले बताए। उनलाई नगरपालिकाको वडा नम्बर १ धनगढी रोडको हाटबजार बाट पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस