सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा नियन्त्रणमा लिन खाेज्दा भीरबाट हाम फालेका कैदी गम्भीर घाइते

२०८२ भदौ ३०, १२:२५ खबर संवाददाता

धनगढीः बझाङमा कारागारबाट भागेका कैदीले प्रहरीले नियन्त्रणमा लिन खाेज्दा भीरबाट हाम फालेपछि गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा कर्तव्य ज्यान मुद्दामा सजाय भाेगिरहेका जाजरकोटकाे भेरी नगरपालिका-४ का  राेहित सुनार रहेकाे बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

उनकाअनुसार सुनारलाई बित्थडचिर गाउँपालिका क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिन खाेजेकाे थियो । साेही क्रममा  भीरबाट हाम फालेका सुनार करिब तीन सय मिटर तल खसेका थिए । उनकाे ढाड र घाँटीमा गम्भीर चाेट लागेकाे छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत सुनारकाे स्वास्थ अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएको छ ।
उनीसँगै भागेका कर्तव्य ज्यान मुद्दाकै कैदी चन्द्रबहादुर पुनलाई भने प्रहरीले सकुशल पक्राउ गरेकाे छ।

कमेन्ट लोड गर्नुस