सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाकामा बेहोस भेटिएका नेपालीको मृत्यु

२०८२ भदौ २९, ०३:०३ खबर संवाददाता

धनगढी: गौरीफन्टा नाका नजिक भारतीय जंगलमा बेहोस भेटिएका नेपाली युवाको मृत्यु भएको छ। शनिबार बिहान नाकामा बेहोस भेटिएका लम्कीचुहा नगरपालिका– ६ का भीमबहादुर देउवाको मृत्यु भएको हो। 

बेहोस भेटिएको झण्डै दुई घण्टापछि ती युवालाई सेती अस्पताल पुगाइएको थियो । अस्पतालममा चिकित्सकले देउवालाई मृत घोषणा गरेका हुन्।  जंगलमा नेपालीहरुले नै देउवालाई बेहोस भेटेपछि भारतीय सुरक्षाकर्मीलाई बोलाएर नेपाली सीमासम्म ल्याएका थिए । कैलाली र कञ्चनपुरका प्रहरीले एकअर्काको जिम्मेवारी भएको भन्दै उद्दार गर्न नमानेपछि दुई घण्टासम्म बेहोस युवालाई त्यतै राखिएको थियो।

भारतीय भन्सारमा कार्यरत नेपालीकै सहयोगमा बेहोस भेटिएको दुई घण्टापछि उनलाई सेती अस्पताल पुगाइएको छ। 

कमेन्ट लोड गर्नुस