सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विस्फोटका घाईतेको उपचार खर्च व्यहोर्न सरकारसंग माग

२०७६ साउन १२, ०२:१५ खबर संवाददाता

गत साउन २ गते साँझ धनगढीमा भएको बम विस्फोटमा परी घाईते भएकाहरुको उपचारमा आर्थिक अभाव भएको भन्दै व्यहोर्न सरकारसंग माग गरिएको छ। विप्लव समूहका कार्यकर्ताले बोकेको बम धनगढीको शहिद गेटमा नजिकैको लिलम होटलको बाहिर पट्टी विस्फोट हुँदा घाईते भएकाहरुको उपचारमा आर्थिक अभाव भएको भन्दै खर्च व्यहोर्न माग गरिएको हो।

राष्ट्रिय प्रजातान्त्रिक य्वा संगठान कैलालीले आज विज्ञप्ती जारी गर्दै घटनाको सत्यतथ्य पत्ता लगाएर बाहिर ल्याउन माग गर्दै घाईतेको उपचार खर्च व्यहोर्न सरकारसंग माग गरेको हो। युवा संगठन कैलालीका अध्यक्ष दिनेश बम ठकुरीले जारी गरेको विज्ञप्तीमा बम विस्फोटमा परी घाईते भएका मोविन खान र जितेन्द्र यादवको धनगढीको माया मेट्रो अस्पताल र होटल सञ्चालक केशवराज पाण्डेको कोहलपुरमा उपचार भइरहेको उल्लेख गरिएको छ।

‘घाईतेहरु उपचारमा लागेको खर्च तिर्न नसकि अलपत्र परेका कारण घर सम्म पु¥याउन र त्यसपछि लाग्ने खर्च सरकारले व्यहोर्नु पर्ने तथा घाईतेहरुलाई उचित क्षतीपूर्ती दिन जोडदार माग गर्दछौँ। ’ विज्ञप्तीमा भनिएको छ। बम विस्फोटमा परी विप्लव समूहका कार्यकर्ता राम बहादुर सिंहको उपचारका क्रममा मृत्यु भईसकेको छ। उनैले बोकेको बम विस्फोट भएको थियो। 

कमेन्ट लोड गर्नुस