सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा पानीको ट्यांकीमा डुबेर बालकको मृत्यु

२०७६ साउन १२, ०१:३३ खबर संवाददाता

बाजुरामा पानीको पानी टंयाकीमा डुबेर एक बालकको  मृत्यु भएको छ। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर ४ का स्थानीय कर्ण कैलाका १३ वर्षीया छोरा कविन्द्रको ट्याङकीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। गोठालो गएका बेला सिँचाई ट्यांकीमा नुहाउने क्रममा  उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको शव परिक्षणका लागि प्राथामिक स्वास्थ्य केन्द्र कोल्टीमा राखिएको छ।  

कमेन्ट लोड गर्नुस