कैलालीको गोदावरी नदीमा महिलाको शव फेला
२०८२ भदौ २६, ०६:४१
धनगढी : कैलालीको गोदावरीमा नदी किनारामा एक महिलाको शव फेला परेको छ।
गोदावरी नगरपालिका–१ अत्तरिया स्थित गोदावरी नदी किनारामा महिलाको शव फेला परेको हो।
स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले घटना स्थलमा प्रहरी पुगेर थप अनुसन्धान भइरहेको जनाएको छ।
कमेन्ट लोड गर्नुस