सुदूर नेपाललाई विश्वसँग जोड्दै

आगलागी पछि बचेका फाइल थन्क्याउँदै गोदावरीका कर्मचारी

२०८२ भदौ २६, ०३:५८ खबर संवाददाता

अत्तरियाः कैलालीको गोदावरी नगरपालिकामा गरिएको आगजनी पछि जोगिएका कागजात सुरक्षित राख्न थालिएको छ। भदौ २४ गते जेन जीको आन्दोलनका क्रममा भएको आगजनीबाट जोगिएका फाइल नगरपालिकाका कर्मचारीले सुरक्षित राख्न थालेका हुन।

बिहीबार नगरपालिका कार्यालय पुगेका कर्मचारीहरूले आगलागीबाट जोगिएका पनि तोडफोड गरी फालिएका फाइल थन्क्याउन थालेका हुन। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले शिक्षा, स्वास्थ्य, जिन्सी शाखाका सबै कागजात फर्निचर जलेर नष्ट भएको बताए। उनले योजना शाखा, आइटी लगायतका शाखामा पनि आगोले क्षति पु¥याएको बताए।

आगो नपुगेका शाखाहरूमा पनि तोडफोड गरेर सबै फाइल फालिएको उनले जानकारी दिए। उनले आगलागीबाट जोगिएका फाइल सुरक्षित राख्ने काम भइरहेको बताउँदै सम्भव भएसम्म चाँडो भन्दा चाँडो सञ्चालनमा ल्याइने बताए। उनले क्षति कति भयो भन्ने बारेमा पनि यकिन भन्न सकिने अवस्था नभएको बताए। बिहीबार इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्द नेतृत्वको टोलीले पनि क्षतिको अवलोकन गरेको थियो।
 

कमेन्ट लोड गर्नुस