सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदर्शनकारीले आगो निभाउन धनगढीको दमकल जानै दिएनन्

२०८२ भदौ २५, ०७:१८

धनगढीः मङ्गलवार धनगढीमा भएको जेन्जीको प्रदर्शनका क्रममा लगाइएको आगो निभाउन दमकल जान नदिइएको तथ्य फेला परेको छ।

धनगढी उपमहानगरपालिकाले आगलागी विभिन्न सरकारी भवनमा आगलागी भएको सूचना प्राप्त गर्नासाथ आगो निभाउन आफ्ना दमकल प्रयोग गर्न खोज्दा आन्दोलनकारीले बाटोबाटै फर्काएको जनाएको छ।

दमकलबाट सरकारी र निजी भवनमा लागेको आगो निभाउन दमकल लग्दै गर्दा आन्दोलनकारीले रोकेर फर्काएको भिडियोमा समेत देखिएको छ। आगो निभाउन जान लागेको दमकल आन्दोलनकारी समूहले कभर्डहल नजिकैबाट फर्काएको थियो। दमकल फर्काउने चेतावनी दिएपछि आगलागी सुरु हुनासाथ आगो निभाउन दमकलहरू परिचालन गर्न नसकेको उपमहानगरले जनाएको छ। बुधवार राति मात्र उपमहानगरले आगाे  निभाएकाे हाे। जेन–जी पुस्ताको आन्दोलनका क्रममा धनगढीमा मन्त्रालयहरू र सरकारी कार्यालयहरूमा क्षति भएको छ।

 

कमेन्ट लोड गर्नुस