सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवि लामिछानेलाई नक्खु कारागारबाट निकालियो

२०८२ भदौ २४, ०४:१०

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नक्खु कारागारबाट बाहिर निकालिएको छ । ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार  जेनजी आन्दोलनका क्रममा लामिछानेलाई नक्खु कारागारबाट बाहिर निकालिएको हो । 

आन्दोलनकारी मंगलबार बिहानैदेखि नख्खु कारागारबाहिर जम्मा भएका थिए । कारागार प्रशासनले लामिछानेलाई लिन आएकाहरूलाई रोक्न नसकेपछि बाहिर निकालिएको हो ।

कमेन्ट लोड गर्नुस