प्रदर्शनकारीले लगाए हिल्टन होटलमा आगो
काठमाडौं: काठमाडौं महानगरपालिका–१ नक्सालस्थित रहेको हिल्टन होटलमा आगजनी भएको छ। मंगलबार दिउँसो प्रर्दशन गरिरहेकाहरूले १ बजेतिर हिल्टनमा आगजनी गरेका हुन्। केहीबेर अगाडिदेखि आगजनी भइरहेको प्रहरीले बताएको छ। सोमबार जेनजीहरूले गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएको छ भने झण्डै ३ सय जना घाइते भएका छन्।
त्यसपछि मंगलबार बिहानदेखि नै देशभरका विभिन्न जिल्लामा प्रर्दशन र आगजनी गरिरहेका छन्।