सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदर्शनमा ज्यान गुमाएका १६ शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा

२०८२ भदौ २४, ०२:५५ खबर संवाददाता

धनगढीः सोमबार देशका विभिन्न स्थानमा जेनजी प्रदर्शनमा मृत्यु भएका १६ शव पोस्टमार्टमका लागि  त्रिवि शिक्षण अस्पताल पु¥याइएको छ ।

त्रिवि शिक्षण अस्पतालका फोरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार सोमबार मृत्यु भएका १६  शव पोस्टमार्टमका लागि अस्पताल पुराइएको छ। उनले भने, ‘‘शव ल्याउने क्रम जारी छ । अहिलेसम्म १६ वटा आइपुगकेका छन् ।’’

डा. चौधरीका अनुसार हालसम्म पोस्टमार्टम प्रक्रिया सुरू भएको छैन । घटना भएको प्रहरी प्रशासनले पोस्टमार्टम गर्नका लागि पत्र नदिएसम्म  पोस्टमार्टम  सुरु गर्न नमिल्ने  डा चौधरीको भनाइ छ । ‘‘अहिलेसम्म आएका शवलाई फिज्रमा राखिएको छ । पत्र आएपछि मात्रै पोस्टमार्टमको प्रक्रिया सुरु हुन्छ ।’ उनले भने। 

सोमबार जेनजी प्रर्दशनका कारण चार सय भन्दा बढी घाइते  हुनुका साथै १९ जनाको मृत्यु भएको थियो ।
 

कमेन्ट लोड गर्नुस