रास्वपाका सांसदहरुले सामूहिक राजीनामा दिने
काठमाण्डौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले सामूहिक राजीनामा दिने निर्णय गरेका छन्।
रास्वपाका सांसदहरुले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा पार्टीको संसदीय दल एकमत रहेको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जानकारी दिएका छन्। रास्वपाको संसदीय दलको कार्यालयबाट जारी विज्ञप्तिमा रास्वपा संसदीय दलका नेता रवि लामिछानेसहित २० प्रतिनिधिसभा सदस्यहरुले राजीनामा दिने निर्णयबारे जानकारी दिइएको छ ।
यसअघि, सोमबार जेनजी प्रदर्शनपछि रास्वपाका सभापनि रवि लामिछानेले नक्खु कारागारबाट जारी गरेको सन्देशमा आफ्ना मागहरु पूरा नभए राजीनामा दिन तयार रहन सांसदहरुलाई आह्वान गर्नुभएको थियो। प्रतिनिधिसभामा रास्वपाका तर्फबाट उपसभामुखसहित २१ जना सांसद छन्।