नेपाल–बंगलादेश मैत्रीपूर्ण फुटबल खेल स्थगित
काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र बंगलादेशबीच भदौ २४ (सेप्टेम्बर ९, २०२५) मा दशरथ रंगशालामा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित गरेको छ।
एन्फाका अनुसार “रेडबुल अन्तर्राष्ट्रिय फुटबल २०२५” अन्तर्गत हुने खेल देशको वर्तमान अवस्थालाई मध्यनजर गर्दै स्थगित गरिएको हो। एन्फाले यस स्थगनका कारण फुटबल समर्थकहरूमा पर्न गएको असुविधाप्रति खेद प्रकट गरेको छ।
एन्फाका प्रवक्ता सुरेश शाहले संघको तर्फबाट क्षमा याचना गर्दै वर्तमान परिस्थितिलाई ध्यानमा राखी निर्णय गरिएको जानकारी दिएका छन्।