धनगढीका एक युवक लागूऔषधसहित पक्राउ
धनगढीः धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेल नजिकबाट सोही धनगढी उपमहानगरपालिका–४ खानेपानी टोल बस्ने २८ वर्षीय अरुण गहतराज लागूऔषधसहित पक्राउ परेका हुन्। गहतराजलाई चेकजाँच गर्दा उनको साथबाट ५ ग्राम ४५० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।