सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्माण व्यवसायी विरुद्ध वडाध्यक्षहरुले भोलि अत्तरियामा चक्काजाम गर्ने

२०८२ भदौ २२, ०२:३० खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियामा भोलि चक्काजाम गरिने भएको छ। अत्तरिया चोकमा भोलि दुई घण्टा चक्काजामको कार्यक्रम राखिएको छ। 

गोदावरी नगरपालिकाका जनप्रतिनिधिले नै चक्काजाम गर्ने घोषणा गरेका हुन्। नगरपालिकाको वडा नम्बर ३, १०, ११ र १२ का वडाध्यक्षहरूले भोलि बिहान ९ बजेदेखि ११ बजेसम्म अत्तरिया चोकमा चक्काजाम गर्न लागेका हुन्।

छ वर्षदेखि अलपत्र परेको चौकिडाँडा–फल्टुडे सडक निर्माणका लागि ठेकेदारले बेवास्ता गरेपछि चक्काजाम गर्नुपरेको जनप्रतिनिधिले बताएका छन्। चार वडाका जनप्रतिनिधिले विरोध स्वरुप यसअघि दुई दिनसम्म सडकबाट वडा कार्यालय सञ्चालन गरेका थिए।
 

कमेन्ट लोड गर्नुस