सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्गालक्ष्मी नमुना मा.वि. अत्तरियाको व्यवस्थापन समिति अध्यक्षमा भट्टराई चयन

२०८२ भदौ २०, ०४:०४ खबर संवाददाता

 अत्तरिया: दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले नयाँ व्यवस्थापन समिति पाएको छ। बिहीबार बसेको भेलाले सर्वसम्मत रूपमा हरिदत्त भट्टराईलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको हो।

यसअघि भदौ १३ गते समिति गठनका लागि अभिभावक प्रतिनिधि भुवन भट्ट, यज्ञराज भाट, लोकराज भट्ट र यसोदा भट्ट चोखाल चयन भएका थिए। त्यस्तै वडाबाट वडाध्यक्ष यज्ञबहादुर महरा र नगरबाट मञ्जु साउँद तथा हरिदत्त भट्टराई प्रतिनिधिका रूपमा आएका थिए। ती प्रतिनिधिबाटै अध्यक्ष छनोट गर्ने प्रावधानअनुसार भट्टराई नेतृत्वमा समिति बनेको हो।

नयाँ समितिमा वडाध्यक्ष महरा पदेन सदस्यका रूपमा रहेका छन् भने प्रधानाध्यापक ललन प्रसाद चौबे सदस्य–सचिव भएका छन्।

कमेन्ट लोड गर्नुस