सुदूर नेपाललाई विश्वसँग जोड्दै

छेपारो परेको खाजा खाएपछि महोत्तरीमा ७० भन्दा बाढी बालबालिका बिरामी

२०८२ भदौ २०, ०३:२० खबर संवाददाता

महोत्तरीः महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीमा रहेको आदर्श माध्यमिक विद्यालयमा छेपारो परेको खाजा खाएपछि ७० भन्दा बढी बालबालिका बिरामी भएका छन् । खाजामा छेपारो परेको थाहा पाएपछि खाजा खाएका बालबालिका बिरामी परेपछि अस्पताल पु¥याइएको हो ।

आदर्श माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश महतोका अनुसार हिजो दिउँसो एक विद्यार्थीको प्लेटमा दिइएको खाजामा छेपारो देखिएपछि बालकले खाजा फालेर घर फर्केर अभिभावकलाई जानकारी गराएका थिए। त्यसपछि अन्य बालबालिकाले पनि वाकवाकी लागेको बताएका थिए । अभिभावक र विद्यालयले खाजा खाएका सबै बालबालिकालाई जनकपुरमने प्रादेशिक अस्पतालमा पु¥याएका हुन् ।

प्रादेशिक अस्पताल जनकपुरधामकाअनुसार कुनै गम्भीर स्वास्थ्य समस्या देखिएको छैन तर शतर्कताका लागि सबैलाई अस्पतालमा राखिएको हो । यता पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले विद्यालयको दिवा खाजामा छेपारो कसरी पुग्यो यस विषयमा छानविन गरेर दोषीलाई कारबाहीसम्म गर्ने चेतावनी दिए। उपचारका लागि पुगेका सबै बालबालिकाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। कतिपय बालबालिका उपचारपछि घर समेत फर्किसकेका छन् भने केही बालबालिकालाई अझै अस्पतालमा राखिएको छ।
 

कमेन्ट लोड गर्नुस