सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी साईकल क्लवको तदर्थ समिति गठन

२०७६ साउन ११, ०५:२७ खबर संवाददाता

भरतविक्रम शाहको अध्यक्षतामा धनगढी साईकल क्लवको तदर्थ समिति गठन गरिएको छ। आज कैलालीको खानीडाँडामा भएको भेलाले शाहको अध्यक्षतामा २१ सदस्यीय तदर्थ समिति गठन गरेको हो। समितिको उपाध्यक्षमा योगेन्द्र बम दिपक, सचिवमा पूर्णानन्द जोशी र कोषाध्यक्षमा दिपेन्द्र भट्ट रहेका छन्।

यस्तै समितिको सदस्यमा विवेक शर्मा, नयनदेव शर्मा, खगेन्द्र धामी, हेमन्त शाही, रोहीत केसी, कमल वडु, मनोज भट्ट, बसन्त उपाध्याय, सुमनपाल शाह, ईशा काफ्ले, स्वेता थापा, हर्क सेटी, श्याम विष्ट, श्याम खत्री, अनुप चौधरी, पुष्कर भाट र राजेश भाट रहेका छन्। 
 

कमेन्ट लोड गर्नुस