कञ्चनपुरमा बाढीले विस्थापित ४२ परिवार चार दिनपछि फर्किए घर
धनगढी: कञ्चनपुरको बाढीमा विस्थापित भएका ४२ परिवार चार दिनपछि घर फर्किएका छन्। नदीहरुमा बहाव घटेपछि उनीहरु घर फर्किएका हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका– ११ का पाँच परिवारका २५ जनालाई डुबानमा परेपछि विस्थापित भएका थिए । उनीहरु घर फर्किएका छन्।
यस्तै, दोधाराचादँनी नगरपालिका– ८ को रामपुरे टापुका २५ परिवार ७० जनालाई जनज्योती माविमा बसाइएकोमा उनीहरु पनि घर फर्किएका छन्।
दोधाराचादँनी नगरपालिका– १० शान्ति टोलका १२ परिवारका ४० जना पनि घर फर्किएका छन्। डुबानपछि उनीहरुलाई अम्विका माविमा राखिएको थियो।