सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा वेवारिसे भेटिएको शवको सनाखत भएन

२०७६ साउन ११, ०२:२९ खबर संवाददाता

कैलालीमा वेवारिसे अवस्थामा भेटिएको शवको अझै सनाखत हुन सकेको छैन्। बीहिबार जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ३ प्रेम नगर  नजिकैको वडिमालिका सामुदायिक वन भि भेटिएको वेवारिसे शवको सनाखत नभएको प्रहरीले जनाएको छ।  जिल्ला प्रहरी कार्यालयले शव भजनी प्राथमिक स्वास्थ्य केन्द्रको शव गृहमा राखिएपनि पहिचान हुन नसकेको जनाएको छ। प्रहरीले  अन्दाजी  ५ फिट ५ इन्च उचाई, २५÷३० वर्षको जस्तो देखिने सेतो भेष्ट सेतो कट्टु लगाएको बाँया हातमा टाटु जस्तो चिह्न भएको पुरुषको शव भएकाले चिन्नेलाई आफन्तको सम्पर्कमा ल्याई दिन अनुरोध गरेको छ।   

कमेन्ट लोड गर्नुस