सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिलो खेलमा नेपाल पराजित

२०८२ भदौ १९, ०७:०६ रासस

काठमाडौँः एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ। ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा गए राति भएको समूह ‘के’ को पहिलो खेलमा ताजकिस्तानसँग नेपाल ४–० गोलले पराजित भएको हो।

ताजकिस्तानका लागि अजिजबोएभ मुहम्मादालीले दुई तथा रहमात्सोह रमात्जोदा र देलर सारिपोभले समान एक एक गोल गरेका अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। आगामी शनिबार अर्को खेल नेपाल र सिरियाबीच हुनेछ। बुधवारको खेलमा सिरियाले फिलिपिन्सलाई २–१ गोलअन्तरले पाखा लगाएको थियो। 

कमेन्ट लोड गर्नुस