सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागूऔषध मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ

२०८२ भदौ १७, ०७:४८ खबर संवाददाता

कञ्चनपुरः लागूऔषध मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८० असोज १८ गतेको फैसलाले लागूऔषध मुद्दामा ३ महिना कैद सजाय तोकिएपछि फरार रहेका कृष्णपुर नगरपालिका ७ कलुवापुर बस्ने ३५ वर्षीय बिशाल बुढाऐर पक्राउ परेका हुन्। ऐरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस