सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा १४ ग्राम खैरो हेरोइनसहित मनोज पक्राउ

२०८२ भदौ १७, ०७:३५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा १४ ग्राम खैरो हेरोइनसहित मनोज राना पक्राउ परेका छन्।

कृष्णपुर नगरपालिका-७ चमन चौराहबाट कलुवापुर बस्ने २८ वर्षीय मनोज राना खैरो हेरोइनसहित पक्राउ परेका हुन्। रानालाई चेकजाँच गर्दा उनको साथबाट १४ दशमलव ८६ ग्राम खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित रानालाई इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमवार नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस