सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली नदी कटानले गेरुवा गाउँपालिकाका गाउँ जोखिममा

२०८२ भदौ १६, ०२:५१ खबर संवाददाता

बर्दियाः बर्दिया र कैलालीको सीमा भएर बग्ने कर्णाली नदीले गेरुवा गाउँपालिका–२ बनघुस्रास्थित तटबन्ध कटान गर्न थालेपछि गेरुवा गाउँपालिकाका आधा दर्जन भन्दा बढी गाउँ उच्च जोखिमा परेका छन्।
कर्णाली नदीको कटानले करिब ३ सय मिटर तटबन्ध बगाएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, राजापुरले जनाएको छ ।

तत्कालीन कर्णाली नदी व्यवस्थापन आयोजनाले करिब ५ वर्षअघि झन्डै ३ करोडको लागतमा निर्माण भएको तटबन्ध र स्पर बगाएको हो। कर्णाली नदी कटान गर्दा करिब ३ सय मिटर तटबन्ध कटान गरेको छ। 

सिँचाइ तथा जलस्रोत आयोजनाका आयोजना प्रमुख सुदिन मुक्तानले नदीले अहिले पनि कटान गरिरहेको र नियन्त्रण गर्न समस्या भएको बताए।  तटबन्धको सडक ५ मिटरमध्ये अब २ मिटर कटान हुनासाथ कर्णाली बस्तीमा पस्ने जोखिम बढेको छ । 

“कटान रोकिएको छैन्, “मुक्त्तानले भने, “आपत्कालीन तटबन्धका लागि वर्षातमा बोल्डर (ठुला ढुङ्गा) पाइँदैनन्। “गेरुवा गाउँपालिका–२ बनघुस्राका स्थानीय तटबन्ध बगाएपछि नदीको बाढी गाउँ पस्ने भन्दै त्रसित बनेका छन् ।

सोमबारदेखि लगातार पानी परिरहेकोले कर्णालीमा जल स्तर बढ्दै गएको छ। बिहान ७ दशमलव ८ मिटर पानीको बहाव छ। कर्णालीमा १० मिटर पुग्नासाथ बाढी आउने गर्छ। गेरुवा गाउँपालिकाका–२ का वडाध्यक्ष कृष्ण थारुले नदी कटान तीव्र भएकाले आधा दर्जनभन्दा बढी गाउँ जोखिममा परेको बताए। 

नदीले अत्यधिक कटान गर्न थालेपछि स्थानीय बासिन्दा, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना र सुरक्षा निकायका सुरक्षा निकायका सुरक्षाकर्मीहरू कटान नियन्त्रणका लागी लागेको भए पनि अहिले सम्म नियन्त्रणमा आउन सकेको छैन। गेरुवा गाउँपालिका २ स्थित बनघुस्राबाट कर्णाली नदी गाउँ पसेमा बनघुस्रासहित भैरमपुर, टिकलीगढ, खुटेना लोहारपुर,सनकट्टी र बनकट्टी गाउँ जोखिममा पर्ने देखिएको छ।
 

कमेन्ट लोड गर्नुस