सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्टेपिङ्ग स्टोन तेक्वान्दो डोजाङ्गमा जुनियर बेल्ट ग्रेडिङ्ग सम्पन्न

२०८२ भदौ १४, ०५:१९ खबर संवाददाता

धनगढी: नेपाल तेक्वान्दो संघ मातहतको स्टेपिङ्ग स्टोन तेक्वान्दो डोजाङ्गले शनिबार जुनियर बेल्ट ग्रेडिङ्ग कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा १०५ जना खेलाडीहरूको सहभागिता रहेको थियो । खेलाडीहरूलाई सहभागिताको आधारमा बेल्ट ग्रेडिङ्ग प्रमाणपत्र वितरण गरिएको थियो । प्रमाणपत्र वितरण कार्य विद्यालयका भाइस प्रिन्सिपल, को–ओर्डिनेटर तथा अभिभावकहरूको उपस्थितिमा सम्पन्न भएको हो ।
ग्रेडिङ्ग कार्यक्रम डोजाङ्ग प्रमुख आशिष चन्दको नेतृत्वमा सम्पन्न भएको आयोजकले जानकारी दिएको छ ।

कमेन्ट लोड गर्नुस