सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल र चीनबीच हवाई सेवा सम्झौता पुनरावलोकन

। फोटो स्रोत ।
२०७६ साउन १०, ०५:१६

नेपाल र चीनबीच हवाई सेवा सम्झौता पुनरावलोकन भएको छ। चीनको बेइजिङमा बिहीबार र शुक्रबार भएको द्विपक्षीय वार्तापछि सम्झौता पुनरावलोकन भएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार दुबै देशका वायुसेवा कम्पनीले सातामा ७० उडान गर्न पाउने प्रावधानलाई लम्ब्याएर ९८ र्पुयाइएको छ। तर बढेको २८ उडान चिनियाँ जहाजले काठमाडौंमा डान थप्न पाउने छैनन्। यो उडान निर्माणाधिन भैरहवास्थित गौतमबुद्ध र पोखरा विमानस्थलका लागि हो।

नेपाली जहाजले भने चीनका विभिन्न १५ गन्तब्यमा उडान गर्न सक्ने गरी गन्तब्य बढाइएको छ। यसअघि नेपालबाट ७ वटा विमानस्थलमा मात्र उडान गर्न पाउने प्रावधान थियो। यसअघिका ७ विमानस्थललाई यथावत राखी अन्य ८ विमानस्थलमा भने नेपाली कम्पनीले रोजेको गन्तब्यलाई अनुमति दिने प्रतिवद्धता चीनले गरेको छ।

द्धिपक्षीय वार्ताका क्रममा चीनले नेपाली कम्पनीलाई यथाशक्य उडान बिस्तारमा सहजिकरणको प्रतिवद्धतासमेत व्यक्त गरेको मन्त्रालयको भनाई छ। नेपालबाट नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स चीनबाट अनुमतिको पर्खाइमा छन्।

कमेन्ट लोड गर्नुस