यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँः नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४० रुपैयाँ ५१ पैसा कायम भएको छ। अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०२ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ १४ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९६ पैसा कायम गरिएको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ।