गोदावरीमा नदीमा डुबेर चार जना वेपत्ता
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका‑९ शेहरी झोलुङ्गे पुल नजिक खुटिया खोलामा नुहाउन गएका ७ जना मध्ये ४ जना युवा वेपत्ता भएका छन्।
झोलुङ्गे पुल नजिकै नदीमा पौडी खेल्ने क्रममा १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेब भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतीक चौधरी नदीमा बगेर बेपत्ता भएको र खोजीकार्य चलिरहेको ईलाका प्रहरी मालाखेतीका डीएसपी रण बहादुर चन्दले बताएका छ्न। उनीहरु सबै धनगढीका हुन।