सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

२०८२ भदौ १२, १२:३१ रासस

काठमाडौँः स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

सुनको मोल तोलामा रु चार सयले बढेको छ भने चाँदी रु १० ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९९ हजार ४०० निर्धारण भएको छ। त्यति नै परिमाणको चाँदी रु दुई हजार ३५५ मा खरिदबिक्री भइरहेको छ।        हिजो बुधबार एक तोला सुन एक लाख ९९ हजारमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार ३४५ मा क्रयविक्रय भएको थियो।     

कमेन्ट लोड गर्नुस