सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा हतकडी सहित फरार भएका अभियुक्त पक्राउ

२०७६ साउन १०, १२:०२ खबर संवाददाता

कैलालीमा हतकडी सहित फरार भएका एक अभियुक्त पक्राउ परेका छन्। लम्की चुहा नगरपालिका वडा नम्वर १ बस्ने बर्ष २१ बर्षीय बिक्रम चौधरीलाई पक्राउ गरिएको हो। उनलाई टिकापुर नगरपालीका वडा नम्बर १ बाट पक्राउ गरिएकोमा म्याद थपका लागि जिल्ला सरकारी वकिल कार्यालयमा ल्याएको अवस्थामा हतकडी सहित फरार भएका थिए।

उनी एक ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ परेका थिए। फरार अभियुक्तलाई पक्राउ गरि कैलाली जिल्ला अदालतबाट म्यादथप गर्दै अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस