सुदूर नेपाललाई विश्वसँग जोड्दै

टेरीटरीमाथि नेपालको ४१ रनको जित, सन्दीपले ह्याट्रिकसहित लिए ५ विकेट

२०८२ भदौ १०, १०:४२ खबर संवाददाता

काठमाडौंः पहिलो अभ्यास खेलमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि ४१ रनको जित निकालेको छ।

नेपालले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको टेरीटरी १७ ओभर २ बलमा १ सय ३६ रनमा समेटियो। नेपालको जितमा सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे। ४ ओभर बलिङ गरेका सन्दीपले ३१ रन खर्चेर ह्याट्रिकसहित ५ विकेट लिए।

करण केसी २, रुपेश सिंह र कुशल भुर्तेलले एकएक विकेट लिए। ब्याटिङमा टेरीटरीका जेक स्मिथले सर्वाधिक ५० रन बनाए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ६९ रन बनाएका थिए।
 

कमेन्ट लोड गर्नुस