मायामेट्रो अस्पताल र बडेहा-बिजौरा खानेपानी समितिबीच उपचारमा छुट सम्झौता
धनगढीः कैलालीको धनगढी–३, चटकपुरस्थित माया मेट्रो अस्पताल प्रा.लि. र बडेहा बिजौरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बीच उपचार सेवामा विशेष छुट दिने सम्झौता भएको छ।
सम्झौताअनुसार समितिका उपभोक्ता सदस्य तथा परिवारका सदस्यहरूले अस्पतालमा उपचार गर्दा विभिन्न सेवामा छुट पाउनेछन्। सम्झौतामा अस्पतालका अध्यक्ष धिरेन्द्र सावद र समितिका अध्यक्ष चेतराज पन्तबिच हस्ताक्षर गरिएको हो।
जस अनुसार ल्याब र सामान्य बेडमा २० प्रतिशत, आईसीयू, एनआईसीयू, क्याबिन, टीएमटी/एबीपी/होल्टरमा १५ प्रतिशत, युएसजी, ईको, एन्डोस्कोपीमा र सिटी स्क्यानमा १० प्रतिशत, फार्मेसी र अपरेसन थिएटर (ओटी)मा ७ दशमलव ५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो।
सम्झौतापत्र प्रत्येक दुई वर्षमा नवीकरण गर्नुपर्ने उल्लेख गरिएको छ।