अछाममा विभिन्न किसिमका ट्याब्लेटसहित २ जना पक्राउ
अछामः अछाममा विभिन्न किसिमका ट्याब्लेटसहित २ जना पक्राउ परेका छन्।
जिल्लाको साँफेबगर नगरपालिका–८ बयलपाटा स्थित से ७ प ८२८० नम्बरको मोटरसाइकललाइ चेकजाँच गर्दा मोटरसाइकल चालक बान्नीगडी जयगढ गाउँपालिका–५ बस्ने १९ वर्षीय राकेश साउँदको साथबाट प्रिगाबालिन– ६०, ट्रामावेल– २६ ट्याब्लेट फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो।
यस्तै साँफेबगर नगरपालिका–४ एयरपोर्ट बजार स्थित न्यू बुढा होटलमा लागूऔषध कारोबार भईरहेको सूचनाको आधारमा सोही ठाउँ बस्ने ३० वर्षीय कृष्ण बुढाले सञ्चालन गरेको उक्त होटलमा खानतलासी गर्दा काठको बाकस भित्र लुकाइ छिपाइ राखेको अवस्थामा ट्रामावेल ३६, निमाडोल–२०, प्रिगाबालिन–३५, लोसपास–६९, दुलोसित–२०, एजिथ्रोमेसि–२०, सेतिमेक्स–५ र डिक्लोफेनासोडियम–५ ट्याब्लेटसहित बुढालाई पक्राउ गरिको छ। दुवै जनालाई इलाका प्रहरी कार्यालय बयलपाटा, अछामबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।