धनगढीस्थित होटल तालिम संस्थाले सम्झौता अनुसार तालिम प्रदान गर्ने
धनगढीः नेपालमा सीपमूलक शिक्षाको माग बढ्दो क्रममा रहँदा धनगढीस्थित एसोसिएसन अफ हस्पिटालिटी ट्रेनिङ इस्टिट्युटका सदस्य संस्थाहरू अनिश्चिततामा परेका छन्।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सँग गरिएको सम्झौताअनुसार प्रशिक्षण निरन्तर सञ्चालन हुनु पर्ने भए पनि रोकिएको भन्दै संस्थाले प्रेस विज्ञप्ति जारी गरेको छ। संस्थाका अनुसार तालिम रोकिँदा सयौँ विद्यार्थीको भविष्य अन्धकारमय भएको छ। विशेषगरी होटल व्यवसायजस्ता व्यावहारिक क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीले सीप नपाउँदा रोजगारीका अवसर गुम्ने खतरा बढेको छ।
एएचटीआईले चेतावनी दिएको छ कि यो कदमले केवल नेपालभित्रका विद्यार्थी मात्र होइन, विदेशमा सीपलाई मान्यता दिने अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यमा पनि नकारात्मक प्रभाव पार्नेछ। संस्थाले भनेको छ– २०८२ सालमै सम्झौता गरेर प्रशिक्षण सञ्चालन गर्ने सहमति भए पनि व्यवहारमा कार्यान्वयन नगरी सम्झौताको उल्लंघन गरिएको छ। एएचआटीले तत्काल समस्या समाधान गरी प्रशिक्षणलाई निरन्तरता दिन आग्रह गरेको छ।