सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा चोरीमा संग्लन २६ जना कैलालीमा पक्राउ

फाईल फोटो
फाईल फोटो
२०७६ साउन ९, १२:३१ खबर संवाददाता

धनगढी–भारतका विभिन्न स्थानमा चोरीमा संग्लन रहेको भन्दै कैलाली जिल्लामा २६ जना पक्राउ परेका छन्। पछिल्लो केही महिना यता भारतमा भएका चोरीमा संग्लन रहेको भन्दै २६ जनालाई पक्राउ गरिएको हो। बैशाखको तेश्रो साता भारतको लुधियाना पन्जावमा भएको चोरीमा संग्लन १५ सहित अन्य चोरीका घटनामा संग्लन ११ गरि २६ जना पक्राउ परेका हुन्। भारतमा चोरी गर्ने, चोरीको नगद र सामान नेपाल पुगाउने तथा चोरीका लागि नेपालमा बसेरै लगानी गर्ने गरि २६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले बताए। 

‘लुधियाना घटनामा संग्लन रहेको भन्दै पक्राउ परेका १५ जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरेका छौ,’ उनले भने, ‘बाँकी ११ जना विरुद्ध सार्वजनिक अपराधमा मुद्धा चलाउन परेकाले छोड्नुपर्ने बाध्यता आएको छ।’ लुधियाना घटनामा चोरी गर्दा १७ बर्षीय नेपाली किशोर राजु पार्कीलाई विषादी खुवाईएकाले १५ जना विरुद्ध ज्यान मार्ने उद्योग दर्ता गरिएको उनले बताए। पछिल्लो समय भारतमा हुने चोरीका घटनामा सुदूरपश्चिमका दर्जनौ गिरोह सक्रिय नै भएकाले अहिले कैलाली प्रहरीको ध्यान नै त्यसैमा केन्द्रित भएको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए। भारतबाट चोरी गर्दा कुनै पनि कानुनी कारवाही नहुने भएपछि चोरीका घटनाहरु बढ्दै गएको प्रहरीको निष्कर्ष छ। 

पक्राउ परेकाहरूलाई छोड्नका लागि पनि चौतर्फी रुपमा दवाव आईरहेको पनि प्रहरीले जनाएको छ। पछिल्लो समय पक्राउ परेका सेतु खड्का बडैला, लाल भुल, रुद्रबहादुर कामी, नन्दकला सिंह र नेत्रबहादुर विकलाई छुटाउनका लागि जनप्रतिनिधिबाटै दवाव आईरहेको हो। भारतमा हुने चोरीमा जनप्रतिनिधि र सुनचाँदी व्यवसायीहरुले संरक्षकको भुमिका खेलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सुनचाँदी व्यवसायीले लगानी नै गरेर भारतमा चोरी गर्न पठाउने र भारतबाट चोरी गरि ल्याईएको सुनचाँदी सस्तोमा खरिद गर्ने गरेका छन्। जनप्रतिनिधिले समेत कतिपय घटनामा लगानी गरेका छन् भने प्रहरीले पक्राउ गरे छुटाउनका लागि दवाव दिने गरेका छन्। प्रहरीका अनुसार चोरीमा संलग्नको आरोपमा पक्राउ परेका सुरेन्द्र कटुवाल पनि चोरीका लागि लगानीकर्ता हुन्। उनले दुई लाख ४० हजार रुपैयाँ लगानी गर्दै भारतमा चोरी गर्न लगाएका थिए। 

प्रहरीका अनुसार सुदूरपश्चिमको बैतडी, अछाम र डोटी जिल्लामा स्थायी घर भई कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएकाहरुको भारतमा हुने चोरीमा संग्लनता बढि देखिएको छ। ईन्टरपोल मार्फत आएको खवरलाई प्रहरी प्रधान कार्यालयले अनुसन्धानका लागि चोरीमा संग्लनहरुको स्थायी ठेगानाका आधारमा निर्देशन दिने गरेको छ। तर उनीहरुलाई खोजेर चोरी भएको जिन्सी र नगद बरामद गर्न भने निकै मुस्किल भईरहेको कैलाली प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस