सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढि पहिरोमा परि गुल्मीमा मृत्यु हुनेको संख्या ११ पुग्यो

२०७६ साउन ८, ०७:०७

बाढि पहिरोमा परि गुल्मीमा मृत्यु हुनेको संख्या ११ पुगेको छ। गुल्मीको सत्यवती गाउँपालिकाको वडा नम्बर–३, ठूलो लुम्पेकमा पहिरोमा हराइरहेका चारजनामध्ये दुई जनाको बुधबार शव भेटिएपछि ज्यान गुमाउनेको संख्या ११ पुगेको जनाईएको छ।। बुधबार ठूलो लुम्पेक वडा नम्बर ३ की १६ वर्षीया बबी विक र लिम्घाका ४ वर्षीय सुमन विकको शव भेटिएको प्रहरीले जनाएको छ। 

उद्धारका क्रममा जीवितै भेटिएका माया विक र तारा विकलाई उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत काठमाण्डौ  लागिएको छ। राहत लिएर पहिरो प्रभावित क्षेत्रमा पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चढेको सेनाको  हेलिकोप्टरमार्फत उनीहरुलाई काठमाण्डौ लगेको हो।

यस्तै पहिरो प्रभावित गुल्मीको सत्यवती गाउँपालिकामा राहत सामग्री र्पुयाइएको छ। पानी परेपछि पोखरामै रोकिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहितको टोलीले राहत पुर्याएको हो।  पहिरो प्रभावितलाई २० क्विन्टल चामल, २० क्विन्टल दाल, चिउरालगायत राहत सामग्री पुर्याएको हो। पानी परेपछि पहिरो प्रभावितलाई राहत बाँड्न हिँडेको परराष्ट्र मन्त्री ज्ञवालीसहितको टोली बिहानदेखि पोखरामा रोकिएको थियो।

यस्तै पहिरोमा परि त्यस ठाउँमा चार सय भन्दा धेरै पशु चौपाय मरेकाले मरेका चौपाय व्यवस्थापन गर्न पनि समस्या भएको छ। प्रभावित क्षेत्रको एक दर्जनभन्दा बढी स्थानमा पहिरोले सडक अवरुद्ध बनाएका कारण राहत सामग्रीहरु बोकेर गएका दर्जनौँ सवारीसाधनहरु बीचबाटोमा नै अलपत्र परेका छन्। सडक अवरुद्ध भएपछि घटना स्थलमा पुग्न दुई घण्टा पैदलयात्रा हिँड्नुपर्छ।

सत्यवती गाउँपालिकाले सडक सुचारु गर्न बीचबीचमा डोजर परिचालन गरे पनि पानी परिरहेको र पहिरो जाने क्रम नरोकिएकोले समस्या भएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताए। पहिरोका कारण त्यस क्षेत्रका चार सयभन्दा बढी बासिन्दाहरु सुरक्षित स्थानको खोजी गर्दै स्थानीय विद्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा पुगेर आश्रय लिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस