धनगढीमा ‘हरियो वडा अभियान’, १५ हजार बिरुवा वितरण
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ ले ‘हरियो वडा अभियान’ सञ्चालन गरेको छ। शनिबार ‘हरियो वडा अभियान’को थालनी गर्दै १५ हजार बिरुवा वितरण गरिएको छ।
‘एक घर, दुई बोट रोपौ’ भन्ने नारासहित ‘हरियो वडा अभियान’ थालिएको वडा अध्यक्ष गजेन्द्र शाहीले बताए। उनका अनुसार वडा कार्यालयले प्रत्येक घरधुरीलाई दुई वटा बिरुवा वितरण गरेको हो।
मुख्य रूपमा आँप र मरिङ्गाका बिरुवा वितरण गरिएको वडा अध्यक्ष शाहीले बताए। वडा सदस्य दत्तुराम पाण्डेयका अनुसार वडा नम्बर ५ मा रहेका पाँच हजार पाँच सय घरधुरी र वडाभिर रहेका विद्यालयलाई बिरुवा वितरण गरिएको जानकारी दिए।