सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जीप दुर्घटना, एकजनाको मृत्यु

२०७६ साउन ८, ११:३०

बैतडीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ८ को खोड्प नजिकै पर्ने बन्तड भीरमा आज बिहान ५ बजेको समयमा ग ग १ ज ५२२४ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा दार्चुलाको महाकाली नगरपालिका ९ दत्तुका ३५ वर्षीय ईश्वर नागरी रहेका ईलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी नीरीक्षक गिन्द्र बोगटीले बताए।

दुर्घटनामा परी  दार्चुलाकै दत्तुका २३ वर्षीय पुस्कर नागरी र २२ वर्षीय हिक्मत समान्त रहेको उनले बताए।  घाइते पुस्करको अवस्था भने गम्भीर रहेको छ। उनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ। दार्चुलाबाट धनगढी आउँदै गरेको जीप सडकबाट झण्डै २५० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन्। 

कमेन्ट लोड गर्नुस