सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालले टप एन्ड टी–२० शृङ्खलापछि अस्ट्रेलियामा ५ वटा अभ्यास खेल खेल्ने

२०८२ साउन २९, ०४:२८

धनगढी: टप एन्ड टी–२० शृङ्खला खेल्न अस्ट्रेलिया पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले थप ५ वटा अभ्यास खेल खेल्ने भएको छ। टप एन्ड टी–२० शृङ्खलापछि नेपालले स्थानीय क्लबसँग ५ वटा अभ्यास खेल खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।

नेपालले क्रिकेट एसीटी र साउथ अस्ट्रेलिया टिमसँग ४ टी–२० र १ एकदिवसीय क्रिकेट खेल्ने भएको हो। यी अभ्यास खेल अगस्ट २६ देखि ३० सम्म हुनेछ।

नेपालले अगस्ट २६ मा एकैदिन क्रिकेट एसीटीसँग २ वटा टी–२० खेल्नेछ । यस्तै नेपालले अगस्ट २८ मा पनि एकैदिन साउथ अस्ट्रेलियासँग २ वटा टी–२० खेल्नेछ। यसैगरी नेपालले अगस्ट ३० मा साउथ अस्ट्रेलियासँग एकदिवसीय क्रिकेट खेल्नेछ।

यसैबीच टप एन्ड टी–२० शृङ्खला आजदेखि शुरू हुँदैछ। नेपालले आफ्नो पहिलो खेलमा भोलि खेल्दैछ।

कमेन्ट लोड गर्नुस