सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक वर्षमा यूएईमा ९८ जना नेपालीले ज्यान गुमाए

। फोटो स्रोत ।
२०७६ साउन ७, ०५:०६

यूएईमा गएको आर्थिक वर्ष २०७५÷०७६ मा ९८ जना नेपालीको ज्यान गएको नेपाली दूतावास आबुधाबीले जनाएको छ। ज्यान गुमाउनेमध्ये ९३ जना पुरुष र ५ जना महिला छन्। यो सँख्या पछिल्लो ६ वर्ष यताकै धेरै हो। धेरैको प्राकृतिक कारणले ज्यान गएको छ। प्राकृतिक कारणले ४८ जना पुरुषको ज्यान गएको छ। यस अन्तर्गत हृदयघात, मष्तिस्क पक्षघात तथा अन्य कारण छन्। तथ्याकंअनुसार गएको आर्थिक वर्षमा २१ पुरुष र २ जना महिलाले आत्महत्या गरेका छन्।

त्यस्तै बिभिन्न दुर्घटनामा परेर २ जना महिलसहित २१ पुरुषको ज्यान गएको छ। त्यस्तै गएको आर्थिक वर्षमा १ जना महिलासहित ३ जना पुरुषको हत्या भएको छ। हत्या प्रकरणमा नेपालीकै संलग्नता भएको प्रारम्भिक अनुसन्धानले खुलेको छ। हत्याको विषय जटिल र गम्भीर भएकाले थप अनुसन्धान भैरहेको दूतावासकी द्वितीय सचिव तथा सूचना अधिकारी बिष्णुकुमारी अधिकारीले बताए।

यसरी ज्यान गुमाएका, दुर्घटनामा परेका नेपालीको क्षतिपूर्ति तथा सम्बन्धित परिवारलाई ब्लडमनी दिलाउन गत वर्षबाट दूतावास आफैले मुद्दा लडिरहेको छ। यस् आर्थिक वर्षमा झन्डै ३५ जना नेपालीले ब्लडमनी पाएका छन्।
 

कमेन्ट लोड गर्नुस