गौरीफन्टा–पलिया रोड चार दिनदेखि बन्द
धनगढी : नेपालको सीमा नाका गौरीफन्टा–पलिया रोड चार दिनदेखि बन्द रहेको छ।
भारतको दुधुवा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ग्याँस बोकेको ट्याङ्क। दुर्घटना भएकाले सडक अवरुद्ध गरिएको हो।
भारतीय सुरक्षा स्रोतले बिहिवारदेखि सडक अवरुद्ध भएको बताएको छ। ग्याँस बोकेको ट्याङ्कर दुर्घटना भएकाले अन्य सवारी साधन उक्त सडकमा सञ्चालन गर्न दिइएको छैन। गौरीफन्टा आउने यातायातका साधनहरूलाई चन्दचौकी हुँदै पठाइएको भारतीय सुरक्षा स्रोतले दिनेखबरलाई बताएका छन्। सडक छेउमा पल्टिएको ट्याङ्कर निकाल्ने प्रयास भइरहेको छ।
धनगढीबाट गौरीफन्टा हुँदै भारत जानेहरूका लागि चन्दनचौकीको सडक प्रयोग गरिएको हो।