सुदूरपश्चिमका मुख्यमन्त्री शाह र स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलबिच भेटवार्ता

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलबिच भेटवार्ता भएको छ।
बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मुख्यमन्त्री शाह रस्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलबीच भेटघाट भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
भेटघाटका क्रममा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन, सेती प्रादेशिक अस्पताल, लम्कीचुहा प्रादेशिक अस्पताल, जोगबुडा प्रादेशिक अस्पताल लगायत सुदूरपश्चिम प्रदेशका अस्पतालहरूको सञ्चालन र व्यवस्थापनका विषयमा दुई पक्षबीच छलफल भएको थियो।
साथै सुदूरपश्चिमका जनताहरूको स्वास्थ्यमा पहुँच पु¥याउनका निमित्त सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी रूपमा सञ्चालन गरी सहज रूपमा सेवा प्रवाह गर्नुपर्ने लगायत विषयमा स्वास्थ्य क्षेत्रको विकासका सन्दर्भमा कुराकानी भएको थियो।


