सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा दुई सातादेखि बर्षा नहुँदा धान खेतमा चिरा

२०७६ साउन ७, ०१:२२ खबर संवाददाता

कैलालीमा झण्डै दुई सातादेखि बर्षा नभएपछि धान खेतमा चिरा पर्न थालेको छ। आवश्यक मनसुनी वर्षा अहिले सम्म हुन नसक्दा रोपिएको धान खेतमा समेत चिारा पर्न थालेको हो। असारको तेश्रो र अन्तिम साता केही दिन पानी परेपछि जिल्लाका किसानहरुले आकासे पानीको भरमा रोपाई गरेका थिए। रोपाइँ गरिएको धानबाली पर्याप्त वर्षा नहुँदा सुक्न थालेको हो भने खेतमा पनि चिरा पर्न थालेका हुन्। झण्डै दुई सातायता वर्षा नभएको र प्रचण्ड घामले खेतमा चिरा पर्न थालेको कैलालीको हसुलीयाका किसान रामकृष्ण चौधरीले बताए। अझै केही दिन सम्म बर्षा नभए धानबाली डढ्ने सम्भावना बढेको उनले बताए। 

सरकारी तथ्याङ्क अनुसार कैलालीमा ७१ हजार पाँच सय हेक्टर जमिनमा धान खेती हुँदै आएको छ। तर साउन दोश्रो साता सुरु हुँनै लाग्दा पनि जिल्लामा झण्डै ३० प्रतिशत खेत बाँझै रहेका छन््। धान खेती योग्य झण्डै ५० प्रतिशत जमिनमा सिँचाइ सुविधा नहुँदा अहिले सम्म सबै जमिनमा रोपाई हुन नसकेको हो भने रोपाई भएको खेतमा पनि चिरा पर्न थालेको हो। 
 

कमेन्ट लोड गर्नुस