सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पतालमा एकै दिन १८ महिलाको शल्यक्रिया मार्फत सफल प्रसुती

२०८२ साउन २२, ०३:५५


जयन्त सिंह भाट, धनगढीः सेती प्रादेशिक अस्पतालमा एकै दिन १८ जना महिलाको शल्यक्रिया गरि प्रसुती गराईएको छ। 

आकस्मिक भई रातीको समयमा १० जना र दिउँसोको समयमा ८ जना गरि मंगलबार एकैदिन १८ जना महिलाको शल्यक्रिया गरि सफल प्रसुती गराईएको अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.कमल दिप जोशीले जानकारी दिए। 

विभिन्न समस्या, सिमित स्रोत साधन र न्युन जनशक्तिका बाबजुत सिमित वेड संख्या रहेको पुरानो जीर्ण भवनमा विभिन्न जिल्लाबाट रेफर भएर आएका गर्भवती महिलाहरुको सफल शल्यक्रिया गरिएको उनले बताए। 

उनले अस्पतालको सर्वसुलभ सेवालाई अझ प्रभावकारी र गुणस्तरिय बनाउन सबै सम्बन्धित निकाहरुको ध्यान जान जरुरी रहेको बताएका छन्।   

कमेन्ट लोड गर्नुस