सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको नास्ट माध्यमिक विद्यालयका ४२ जना विद्यार्थीले कक्षा १२ मा ल्याए उत्कृष्ट नतिजा

२०८२ साउन २०, ०७:१४ खबर संवाददाता

जयन्त सिंह भाट,धनगढीः  धनगढीको नेशनल एकेडेमी अफ साईन्स एण्ड टेक्नोलोजी (नास्ट) माध्यमिक विद्यालयका ४२ जना विद्यार्थीले उत्कृष्ट नतिजा अर्थात् ३.६ भन्दा बढी जीपीए हासिल गरेका छन्। 

हिजो मात्रै कक्षा १२ को नतिजा सर्वजनिक भएको हो। जसमा नास्ट माध्यमिक विद्यालयका कक्षा १२ मा अध्ययनरत कूल ६०१ विद्यार्थीहरु मध्ये ४१६ अर्थात् ६९.२१ प्रतिशत विद्यार्थीहरु उर्तीण भएका छन्। जसमा २८६ जना विज्ञान र १३० जना व्यवस्थापन संकायका रहेको प्रिन्सिपल उत्तम बहादुर बमले जानकारी दिए। 

उत्तीर्ण विद्यार्थीहरु मध्ये विज्ञान संकायका विद्यार्थी कपिल भण्डारीले सर्वोत्कृट ग्रेड अर्थात ३.९५ जीपीए हासिल गरेका छन्। त्यसैगरी व्यवस्थापन संकायमा उत्सव अग्रवाल र रोशनी रावलले समान ३.८६ जीपीए प्राप्त गरेका छन्। 

नास्ट माध्यमिक विद्यालय पछिल्लो समय उत्कृष्ट नतिजा र शैक्षिक उपलव्धि सहित विगत लामो समयदेखि यस क्षेत्रको उच्च शिक्षामा महत्वपूर्ण योगदान पुर्याउदै विद्यार्थी र अभिभावकहरुको विश्वास जित्न सफल भएको छ।    
 
 

कमेन्ट लोड गर्नुस