सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको गोकुलेश्वर कृषि कलेजद्धारा विद्यार्थी संगठन खारेज

२०७६ साउन ७, ०८:०१

बैतडीको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजले विद्यार्थी संघ संगठन र स्ववीयु खारेज गरेको छ। कलेजले साउन ३ गते सूचना जारी गर्र्दै विद्यार्थी संघ संगठन र स्ववीयु खारेज गरिएको जनाएको छ। कलेज प्रमुख परमानन्द जोशीद्धारा जारी सूचनामा भनिएको छ, ‘यस कलेजमा दर्ता भएका राजनैतिक पार्टी आवद्ध विद्यार्थी संघ संगठनहरु (नेवि संघ, अनेरास्ववीयू) एक आपसमा झै–झगडा, कुटपिट, कलेजको शैक्षिक वातावरण असान्त बनाउने चरण चरणमा आपसमा भिड्ने स्वय संघ संगठनमा आवद्ध विद्यार्थीहरु नै असुरक्षित महसुस गरी संगठनको लेटरहेडमा खारेजीको लेटर दिएकाले कलेज सञ्चालन समितिको साउन १ को बैठकले सबै संघ संगठन र स्ववीयू खारेज गरिएको छ।’ 

कमेन्ट लोड गर्नुस