सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्वोच्च अदालतको आदेशपछि विप्लव कैलालीका विद्यार्थी नेता सिह रिहा

२०७६ साउन ६, ०७:५५

सर्वोच्च अदालतको आदेशपछि विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिरी कैलालीका अध्यक्ष बबरजंग सिह रिहा भएका छन्। असार ३१ गते कैलालीबाट पक्राउ गरी कञ्चनपुर लगिएका सिंहलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि उनी छुटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक दिनेश कुमार आर्चायले सिहले सर्वोच्च अदालतमा हालेको बन्दी प्रत्यक्षिकरणको रिटमाथी सुनवाई गर्दै रिहा गर्न आदेशदिएपछि उनी थुनामुक्त भएको पुष्टि गरे। यसअघि  बैशाख २७ गते पक्राउ परेका सिंहलाई कैलाली जिल्ला अदालतले पाँच लाख धरौटीमा छोड्न आदेश दिएको थियो।

तर धरौटी नबुझाएर कारागार चलान भएका सिंहले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए। सर्वोच्च अदालतले असार २७ गते विना कारण उनलाई पक्राउ गरिएको भन्दै थुनामुक्त गर्न आदेश दिएको थियो। तर अदालतको आदेश पछि रिहा भएका उनलाई सोही दिन प्रहरीले पक्राउ गरी कञ्चनपुर लगेको थियो। प्रहरीले सिंह बिरुद्द कैलाली प्रहरीले राजद्रोह र संगठित अपराधको मुद्दा चलाएको थियो।

कमेन्ट लोड गर्नुस