सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल बजार बिक्रि प्रतिनिधी संघद्धारा क्यान्सर पीडित सिंहलाई आर्थिक सहयोग

२०७६ साउन ६, ०७:३८

नेपाल बजार बिक्रि प्रतिनिधी संघले डडेल्धुराका क्यान्सर रोग पीडित केशव सिंहलाई आर्थिक सहयोग गरेको छ। बिक्रि प्रतिनिधी संघ सुदूरपश्चिम, बागमती,  सुर्खेत, नेपालगञ्ज र राप्ती शाखाले संकलन गरेको रकम धनगढीमा आज एक कार्यक्रमकाबिच सिहकी आमालाई हस्तान्तरण गरिएको हो। संघको धनगढी शाखाका वरिष्ठ उपाध्यक्ष जनक ढकालले केन्द्रीत अध्यक्ष सुर्य पराजुलीले वागमती र राप्ती शाखाबाट संकलन भएको ९० हजार २ सय ३६ र थप एक लाख ६ सय रकम सहयोगार्थ उनकी आमालाई हस्तान्तरण गरेको जानकारी दिए।

कमेन्ट लोड गर्नुस